पुरानो बाइक साट्दा १० लाखसम्म छुट, भृकुटीमण्डपमा TVS को एक्सचेन्ज मेला
वि.सं.२०८३ कात्तिक ११ बुधवार १५:३२
shares

काठमाडौं,११ कार्तिक। पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै TVS ले काठमाडौंमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।
नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा सातदिने मेला सञ्चालन गर्न लागेको हो। मेलामा ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।
१० लाखसम्म नगद छुट र क्यासब्याकको अवसर
मेलाको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘TVS गोल्डेन की अफर’ ल्याएको छ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक वा गोल्ड की प्राप्त गर्न सक्नेछन्। साथै, १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसरसमेत रहने कम्पनीले जनाएको छ। यी अफरमा कम्पनीका नियम तथा सर्त लागू हुनेछन्।
त्यस्तै, मेलाको अवधिभर प्रत्येक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।
पुरानो सवारीसाधनको मूल्यांकनदेखि फाइनान्ससम्म
पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता परिचालन गरिनेछ। ग्राहकलाई आफ्नो पुरानो सवारीसाधनको प्रतिस्पर्धी एक्सचेन्ज मूल्य उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नयाँ TVS सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि मेलास्थलमै फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ। नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा आवश्यक योग्यता तथा सम्बन्धित वित्तीय संस्थाका सर्त पूरा गर्ने ग्राहकले फाइनान्स प्रक्रिया अघि बढाउन सक्नेछन्।
खरिद प्रक्रिया सहज बनाउने लक्ष्य
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई एक्सचेन्ज मूल्यांकन, विशेष छुट तथा फाइनान्स सुविधा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताएका छन्।
उनका अनुसार पुरानो सवारीसाधनबाट नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि खरिद प्रक्रिया सहज र किफायती बनाउने प्रयास गरिएको हो।
कम्पनीले नयाँ दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डप पुगेर पुरानो सवारीसाधनको मूल्यांकन गराउन तथा उपलब्ध अफरको लाभ लिन आग्रह गरेको छ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनी सन् २०१५ देखि नेपाली बजारमा सक्रिय रहँदै आएको छ।




















