Dhulikhel Eco Banner new

चार महिनामा यारी भन्सारद्वारा रु सोह्र लाख बढी राजश्ज संकलन

715
shares

काठमाडौं, १६ कात्तिक। हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु सोह्र लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा रु सोह्र साल रुपैयाँ बढी राजश्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

कार्यालय आफ्नो राजश्व संकलन लक्ष्य भन्दा प्रत्येक आर्थिक वर्षमा संकलन गर्दै आइरहेको कार्यालय प्रमुख जैसीको भनाइ छ । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए ।

दुई दिनको हिमपातले रावश्व प्रभावित

हुम्ला सहित देशभर परेको वर्षा र हिमपातले पछिल्लो यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ । हिल्सामा भएको हिमपातले चीनको पुराङ काउण्टीबाट व्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने अवस्था नरहेको कारण राजस्व असुली प्रभावित भएको हो ।

उनले हिमपात भएकोले ताक्लाकोटबाट सामान ल्याएर आउने व्यापारी र अन्य मानिसहरु फिर्ता आउन रोकिएको कारण हिल्सामा राजस्व असुली कार्य पनि रोकिएको जानकारी दिए ।दुवै दिन ताक्लाकोटबाट एक जना मानिस पनि फिर्ता आएका छैनन । राजस्व असुली कार्य रोकिएपछि भन्सारका कर्मचारीहरु कार्यालयमा आगो तापेर बस्नु परि रहेको उनको भनाई छ ।