Dhulikhel Eco Banner new

टाटा गुरुहरुकालागी टाटा बीएस-६ तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु

611
shares

काठमाडौं, १६ कात्तिक। टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।

नेपालका लागि टाटा कमर्सियल गाडीको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रा.लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रम कार्तिक १५ गतेदेखि सुरु भएको हो। कार्तिक २० गतेसम्म सञ्चालन हुने ६ दिने तालिम देशका विभिन्न १४ स्थानमा आयोजना भइरहेको छ।

कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सारटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ–घोराही र वीरगञ्जमा तालिम सञ्चालन गरिनेछ।

तालिममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियन अर्थात् टाटा गुरुहरूलाई लक्षित गरी आधुनिक सवारी प्रविधि तथा BS-6 (भारत स्टेज–६) सवारी प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिँदैछ।

प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ सिस्टमसम्बन्धी विषय समेटिएका छन्। त्यस्तै, BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ECU  र एक्टुएटरको कार्यप्रणालीबारे समेत जानकारी प्रदान गरिनेछ।

यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत डीपीएफ तथा एससीआर सिस्टमको परिचय, विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र समाधान गर्ने विषयमा प्रशिक्षण दिइनेछ।

यस कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा यो कार्यक्रम सञ्चालन गरेका हुन्।