Dhulikhel Eco Banner new

बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा अनुभव गर्न पाइने

715
shares

काठमाडौं, १८ कात्तिक। दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ ।

रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरेको छ ।

बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बारको एसपी४के–२०सी ९सिरिज ४० स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४के (४०९६x२१६०) को नेटिभ रिजोलेसन रहेको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआईए३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ ।

पर्दाका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन बिग मुभिजका हलहरूमा ज्ञढहद्धघ फिट, द्दण्हद्धघ र फिट र द्दण्हद्धट फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् ।

साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम (डल्बी एटमस ६४–च्यानल सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।

हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी (५) ए साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउँछ । यी स्पिकरका कारण विशेषगरी एक्सन/साउन्ड–इन्टेन्सिभ चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउँछन् ।

हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ (प्रिमियम सिटिङ) राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ ।

थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।

हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । साथै उनले बिग मुभिजले आफ्नो इतिहास र पहिचानलाई कायम राख्दै प्रविधि तथा सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए ।

“नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ । अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन,” उनले भने, “यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ ।

उनका अनुसार बिग मुभिजमा अब दर्शक उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र ओभरअल सिनेमा एक्सपिरियन्स गर्न पाउनेछन् ।