सुनको मूल्यमा फेरि वृद्धि, चाँदीको भाउ कति ? यस्तो छ आजको बजार मूल्य
वि.सं.२०८३ कात्तिक १८ बुधवार ११:१९
533
shares
shares

काठमाडौं, १८ कात्तिक। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । कार्तिक १८ गते बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



















