Dhulikhel Eco Banner new

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

637
shares

काठमाडौं, १८ कात्तिक। सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त भएका छन्। उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ।

नवनियुक्त आईजीपी केसी र निवर्तमान आईजीपी कार्की एउटै प्रहरी ब्याचका अधिकारी हुन्।

सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ।