Dhulikhel Eco Banner new

कामना सेवाको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

715
shares

काठमाडौं, १८ कात्तिक। कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्तसमूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन्। बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए।

बैंकका अनुसार कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंक तथा पश्चिम क्षेत्रका घोराही र महेन्द्रनगर शाखामा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यसैगरी, बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कपको छैटौँ संस्करण पनि आयोजना गरेको थियो। प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए।