Dhulikhel Eco Banner new

सवारी सुरक्षाका लागि एटीएस नेपालको क्यूआर प्रणाली, स्क्यान गरेपछि सवारीधनीसँग सम्पर्क गर्न सकिने

338
shares

काठमाडौं, २२ कात्तिक। सवारीसाधनको सुरक्षा तथा पार्किङ व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले एटीएस नेपालले क्यूआर कोडमा आधारित नयाँ प्रणाली सञ्चालनमा ल्याउने भएको छ।

एटीएस नेपालले मोबाइल एप र सवारीसाधनमा टाँस्न मिल्ने क्यूआर स्टिकरमार्फत यस्तो सेवा उपलब्ध गराउन लागेको हो। यस प्रणालीमार्फत कुनै पनि व्यक्तिले सवारीसाधनमा राखिएको क्यूआर कोड स्क्यान गरी आवश्यक परेको अवस्थामा सवारीधनीसँग सम्पर्क गर्न सक्नेछन्।

विशेषगरी सवारीसाधनले बाटो अवरुद्ध गरेको, पार्किङका क्रममा समस्या आएको वा कुनै आपत्कालीन अवस्था सिर्जना भएको समयमा क्यूआर कोड स्क्यान गरेर सवारीधनीलाई छिटो जानकारी गराउन सकिने व्यवस्था यसमा रहेको छ।

यस प्रणालीले सवारीसाधन र सवारीधनीबीचको सम्पर्कलाई सहज बनाउनुका साथै पार्किङ व्यवस्थापन तथा आपत्कालीन सञ्चारलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

दैनिक सवारी प्रयोगलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित सुरु गर्न लागिएको यो पहलले नेपालमा स्मार्ट मोबिलिटीको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।