पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार ०९:२९
shares

काठमाडौं, २७ कात्तिक। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । देशको हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।


















