Dhulikhel Eco Banner new

प्रोटोन ई.मास ५, दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

1.04K
shares

काठमाडौं, २७ कात्तिक। प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

प्रोटोन ई.मास ५ ले ‘उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो । यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको छ ।

यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गरेका छन् । पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई यो उपलब्धिले थप बलियो बनाएको छ ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको छ । उपभोक्ताहरूले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधनलाई प्राथमिकता दिन थालेको वर्तमान अवस्थामा प्रोटोन ई.मास ५ ले प्राप्त गरेको अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण मानिएको छ । यसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन ई.मास ५ को विश्वसनीयता र बजारप्रतिको आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले नेपाली ग्राहकका लागि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका सवारी साधन तथा नवीनतम मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको छ । प्रोटोन मलेसियासँगको सहकार्यमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रोटोन ई.मास ७ को सफल परिचयपछि ई.मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदम हो । विद्युतीय सवारीको प्रयोगप्रति जनचेतना र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ नजिक पुर्‍याउने लक्ष्य जगदम्बा मोटर्सले राखेको छ ।