Dhulikhel Eco Banner new

एनएमबी बैंकले मंसिर २५ मा साधारण सभा गर्ने, ७ प्रतिशत नगद लाभांश प्रस्ताव

1.21K
shares

काठमाडौं, २७ कात्तिक। एनएमबी बैंक लिमिटेड(NMB)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांशसहितका प्रस्ताव पारित गर्न मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

त्यस्तै, एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। उक्त लाभांश करसहित हुनेछ। यसबाहेक सभाले लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ।

मंसिर ११ गते बुकक्लोज

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने निर्णय गरेको छ।

यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।