Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकले ३.४ प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश दिने

1.01K
shares

काठमाडौं, २७ कात्तिक। नेपाल एसबिआई बैंक लिमिटेड (SBI)ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.४ प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।