तिहारपछि सुनचाँदीको भाउमा भारी गिरावट, सुन तोलामा १२ हजार ६०० रुपैयाँ सस्तियो
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार ११:०८
shares

काठमाडौं, २७ कात्तिक। तिहार बिदापछि खुलेको नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहार बिदाअघिको अन्तिम कारोबार दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। कात्तिक २० गते शुक्रबार प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


















