Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकमा ६१ कर्मचारी माग, मंसिर २४ सम्म आवेदन खुला

1.6K
shares

काठमाडौं, २७ कात्तिक। नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्ना गर्ने भएको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।

बैंकले सार्वजनिक गरेको विज्ञापनअनुसार सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरिएको छ। सहायक निर्देशक (खुला तथा समावेशी) पदमा २६ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) मा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) मा ४ जना माग गरिएको छ।

त्यस्तै, सहायक पदमा २६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।

पदअनुसार माग गरिएको संख्या

  • सहायक निर्देशक (खुला तथा समावेशी) – २६ जना
  • सहायक निर्देशक (लेखा/लेखापरीक्षण) – ३ जना
  • सहायक निर्देशक (वाणिज्य कानुन) – २ जना
  • सहायक निर्देशक (सूचना प्रविधि) – ४ जना
  • सहायक – २६ जना

नेपाल राष्ट्र बैंकले २०८३ कात्तिक २७ गते उक्त विज्ञापन प्रकाशित गरेको हो। विज्ञापनअनुसार इच्छुक तथा योग्य उम्मेदवारले २०८३ मंसिर २४ गते (डिसेम्बर १०, २०२६) सम्म आवेदन दिन सक्नेछन्।

भर्ना प्रक्रियामा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी तथा आदिवासी जनजातिका लागि समावेशी समूहअन्तर्गत समेत अवसर छुट्याइएको बैंकले जनाएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको आधिकारिक अनलाइन आवेदन पोर्टल jobs.nrb.org.np मार्फत सम्बन्धित पदको विज्ञापन हेर्न सक्नेछन्। सोही पोर्टलमा पदअनुसार आवश्यक शैक्षिक योग्यता, आवेदन प्रक्रिया तथा अन्य सर्तसम्बन्धी विस्तृत विवरण उपलब्ध रहेको छ।