Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ३.७ प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश

1.2K
shares

काठमाडौं, २७ कात्तिक। महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। साथै, बैंकको आगामी वार्षिक साधारण सभाबाट समेत पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

नेपाल राष्ट्र बैंकले नियामकीय स्वीकृति र साधारण सभाको निर्णयपछि लाभांश वितरण प्रक्रिया अघि बढाउनेछ।