Dhulikhel Eco Banner new

कालीमाटी बजारमा तरकारीको नयाँ मूल्यसूची : ठूलो गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ, प्याजको मूल्य ८९ नाघ्यो

949
shares
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक उपभोग्य तरकारी तथा फलफूलको नयाँ थोक मूल्य विवरण सार्वजनिक गरेको छ। समितिले जारी गरेको ताजा सूचीअनुसार बजारमा ठूला गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम हुँदा अन्य कृषि उपजको किनबेच मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
बजारमा गोलभेडाको जातअनुसार मूल्यमा अन्तर पाइएको छ, जसमा नेपाली तथा भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल गोलभेडा प्रतिकेजी १५ रुपैयाँ ६० पैसा, टनेलको ३७ रुपैयाँ र तराईको सानो गोलभेडा ३८ रुपैयाँ ३३ पैसामा सीमित छ। आलुतर्फ नेपाली रातो आलु (लाम्चो, गोलो र मुडे) को औसत मूल्य ५७ रुपैयाँ ५० पैसा (५५ देखि ६० रुपैयाँसम्म) रहेको छ भने भारतीय रातो आलु ३२ रुपैयाँ ५० पैसा र सेतो आलु ३० रुपैयाँमा किनबेच भइरहेको छ।
त्यसैगरी, भान्साको अत्यावश्यक वस्तु मानिने सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकेजी ८९ रुपैयाँ ५० पैसा पुगेको छ। अन्य तरकारीहरूमा लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, तराईको गाजर ५६ रुपैयाँ २५ पैसा, लोकल बन्दा २७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २६ रुपैयाँ ८८ पैसा र तराईको काउली प्रतिकेजी १९ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको समितिले जनाएको छ।