Dhulikhel Eco Banner new

मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन

1.87K
shares

काठमाडौं, २९ कात्तिक। मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी सुरु गरिएको मुक्तिनाथधामको रथयात्रा आइतबार दाङ आइपुगेको छ । कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका विभिन्न स्थान हुँदै दाङ आइपुगेको हो ।

दाङस्थित अम्बिकेश्वरी मन्दीरमा पुर्‍याइएको सो रथलाई मन्दिर परिषर भित्र केहीबेर राखेर पुजाआजाको अबसर उपलब्ध गराइएको थियो ।

अम्बिकेश्वरी मन्दीर नजिकको महदेवा गाउँका सबै घरहरुको अगाडी कलस राखेर रथको स्वागत गरिएको थियो । अम्बिेकेश्वरी मन्दिरपछि सो रथ दाङको अर्को धार्मिक स्थलका रुपमा रहेको पाण्डबेश्वर महादेवको मन्दिर धारापानीमा पुर्‍याइएको थियो ।

आइतबार बिहान सो रथलाई तुलसीपुरमा दर्शनका लागि केहीबेर राखिएको थियो । रथयात्रालाई भोली त्रीबेणीस्थीत गजेन्द्रमोक्ष धाममा पुर्‍याइने जानकारी अम्बिेकश्वरी मन्दिर संरक्षण तथा प्रबद्र्धन समितिका सहसचिव प्रदीप वेलबासेले दिए ।

गजेन्द्र मोक्षनाथमा धाममा एक महिनासम्म नाराणण भगवानलाई साखेर महायज्ञ संचालन गरिने छ । जाडो याममा भगवान नारायणलाई चिसोबाटो जोगाउन भन्दै नवलपरासीको त्रिबेणीस्थीत गजेन्द्र मोक्षधाममा ल्याउने चलन रहेको समेत बताइएको छ ।