Dhulikhel Eco Banner new

लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट

1.44K
shares

काठमाडौं, २९ कात्तिक। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ।