Dhulikhel Eco Banner new

समता घरेलु लघुवित्तले माग्यो १२ पदमा कर्मचारी, मंसिर १७ गतेसम्म आवेदन दिन सकिने

1.89K
shares

काठमाडौं, २९ कात्तिक। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १२ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सूचना जारी गर्दै व्यवस्थापकीय, अधिकृत तथा सहायक तहका पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ प्रबन्धकका लागि १ जना, प्रबन्धकका लागि १ जना र सहायक प्रबन्धकका लागि १ जना माग गरेको छ । त्यस्तै, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालय, इलाका तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरिएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले संस्थाको आधिकारिक वेबसाइट को करियर सेक्सनमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ ।