Dhulikhel Eco Banner new

भारतीय प्रस्ताव : बागडोग्रा र रक्सौलका उडानलाई नेपालको पूर्वी हवाई मार्ग प्रयोग गर्न दिन आग्रह

910
shares

काठमाडौं, ३० कात्तिक। भारतले बागडोग्रा र रक्सौलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपालको पूर्वी हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेको छ। नेपालले भने भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्न अनुमति माग्दै आएको छ।

भारतको प्रस्तावमा नेपालले बागडोग्राका लागि प्रारम्भिक सकारात्मक संकेत दिएको छ भने रक्सौलको प्रस्तावबारे अध्ययन गर्न थप समय मागेको छ।

दुवै देशबीच एकअर्काको हवाई क्षेत्र प्रयोग गर्न पाउने व्यवस्थासम्बन्धी सम्भावित समझदारीबारे छलफल भइरहेको छ। यसअन्तर्गत नेपालले भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाई मार्गको पहुँच खोजिरहेको छ भने भारतले आफ्ना बागडोग्रा र रक्सौलका उडानका लागि नेपालको पूर्वी हवाई क्षेत्र प्रयोग गर्न चाहेको छ।

यद्यपि, पारस्परिक हवाई क्षेत्र प्रयोगसम्बन्धी विषयमा दुवै पक्षबीच छलफल जारी रहे पनि हालसम्म कुनै अन्तिम सम्झौता भएको छैन।