Dhulikhel Eco Banner new

कान्तिपुर टेलिभिजनले आईपीओ निष्कासन गर्ने

5.25K
shares

काठमाडौं, ३१ असार । काठमाडौं, ३१ असार । कान्तिपुर टेलिभिजनले साधारण शेयर (आइपीओ)  निष्कासन गर्ने भएको छ । टेलिभिजनले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।

टेलिभिजनले आईपीओ निष्कासन गर्ने र त्यसका लागि बिक्री पबन्धक पनि नियुक्त गरिरहेको टेलिभिजनका अध्यक्ष तथा निर्देशक कैलाश सिरोहियाले जानकारी दिए ।

उनले टेलिभिजन २०औं बार्षिक उत्सवका अवसरमा यस्तो जानकारी दिएका हुन् । आइपीओ निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अध्यक्ष सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।