नेपाली मुद्राको विषयमा जानकारी लिन चाहानुहुन्छ ? पढ्नुस् यो पुस्तक
‘नेपालका आधुनिक मुद्राहरु : एक समीक्षा’
वि.सं.२०७९ असार ३१ शुक्रवार १२:१०
shares

कठमाडौं, ३१ असार । नेपाली रुपैयाँको इतिहास र वर्तमानका विषयमा जानकारी दिने पुस्तक नेपालका आधुनिक मुद्राहरु : एक समिक्षा सर्वाजनिक भएको छ । राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाले लेखेको सो पुस्तकमा नेपालका मुद्राहरुको विगत र वर्तमानको विषयमा जानकारी दिने प्रयास गरिएको छ ।
यो पुस्तक नेपाली मुद्रासँग चासो राख्ने र अध्ययन, अनुसन्धान गर्नेहरुका लागि निकै उपयुक्त हुनेछ । यो पुस्तकमा पुरातनकालदेखि चलिआएका मुद्राको विषयमा जानकारी दिनुका साथै गहिरो अध्ययन समेत गरिएको छ ।
नयाँ पुस्तालाई हाम्रो देशमा प्रचलनमा रहेका मुद्राका विषयमा जानकारी दिनका लागि यो पुस्तक निकै प्रभावकारी हुने लेखक खतिवाडको विश्वास छ । मुद्राको विकासदेखि यसको व्यवस्थापन तथा सुरुदेखि अहिलेसम्म प्रचलनमा रहका मुद्राको विषय जानकारी लिनका लागि यो पुस्तक अतिनै उपयुक्त मानिएको छ ।
यसका साथै नेपाल राष्ट्र बैंकले कुन समयमा कुन नोट प्रचलनमा ल्याएको थियो भन्ने विषयमा जानकारी लिनका लागि पनि यो पुस्तक निकै उपयुक्त हुने छ । र कुन नोटमा कुन गभर्नरले हस्ताक्षर गरे भन्नेसम्मको जानकारी समेत यो पुस्तकमा दिइएको छ ।
यो पुस्तक पुतलिसडकको पैरवी पुस्तक भण्डार र राष्ट्र बैंकमा उपलब्ध रहेको छ । २५५ पृष्ठको रंगिन पुस्तक १००० रुपैयाँमा खरिद गर्न सकिने लेखक खतिवडाले जानकारी दिए ।

















