Dhulikhel Eco Banner new

सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा

2.28K
shares

काठमाडौं, २ मंसिर । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी सार्वजनिक गरेकी हुन्। उनले काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आफूले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञता उपयोग गर्ने बताएकी छन्।

उम्मेदवारी घोषणा गर्दै उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित।’

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। उनले संघीय सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

उनको घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने विषय सार्वजनिक भएको छ। यद्यपि, उनको उम्मेदवारीसम्बन्धी थप राजनीतिक तथा निर्वाचन प्रक्रियाका विवरण भने सार्वजनिक हुन बाँकी छन्।