Dhulikhel Eco Banner new

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश, बोनस शेयर कति?

754
shares

काठमाडौं, ३ मंसिर ।सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्न प्रस्ताव गरिएको हो।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै शेयरधनीलाई वितरण गरिनेछ।