सुन र चाँदी दुवैको मूल्य घट्यो, सुन तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ
वि.सं.२०८३ मंसिर ३ बिहीवार १०:४९
shares

काठमाडौं, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि उच्च गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको थियो। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

















