Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला

767
shares

काठमाडौं, ४ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २१ हजार १२५ कित्ता शेयर बिक्रीमा राखेको छ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूका लागि मात्रै बिक्री खुला गरेको थियो । तर, तोकिएको अवधिमा खरिदका लागि कुनै निवेदन नपरेपछि अब संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आगामी ७ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर निवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुकले बैंकको काठमाडौंस्थित नक्सालमा रहेको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।