Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ४२ हजार ६ सय

845
shares

काठमाडौं, ६ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज प्रतितोला सुन २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ ।गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।