Dhulikhel Eco Banner new

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त

390
shares

काठमाडौं, ६ मंसिर ।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कुलमणि तिम्सिनालाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको २४९औँ बैठकले तिम्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा तिम्सिनालाई चार वर्षका लागि नियुक्त गरिएको हो । उनले आगामी मंसिर १६ गतेदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।