बुद्धभूमि नेपाल हाइड्रोपावरका सीईओ सुबेदीको राजीनामा स्वीकृत, कार्यवाहक सीईओमा भट्टराई
वि.सं.२०८३ मंसिर ६ आइतवार ११:३७
shares

काठमाडौं, ६ मंसिर । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखरकुमार सुबेदीको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीको मंसिर ४ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले सुबेदीको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
सुबेदीले व्यक्तिगत कारण देखाउँदै प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका हुन् ।
त्यसैगरी, कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि सञ्चालक समितिका सदस्य सलिल भट्टराईलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

















