श्रीलङ्काको कार्यवाहक राष्ट्रपति बनेका रनिल विक्रमसिङ्घे को हुन ?
वि.सं.२०७९ असार ३१ शुक्रवार १७:०२
shares

काठमाडौं, ३१ असार । अहिले श्रीलङ्काको अवस्था निकै भयाभह बनिरहेको छ । त्यहाँको अवस्था सुधार गर्नका लागि अहिले रनिल विक्रमसिङ्घे कार्यवहाक राष्ट्र पतिको जिम्मेवारी पाएका छन् । उनले यो जिम्मेवारी पाएसँगै उनका विषयमा चर्चा भइरहेको छ ।
उनी विगत दुई दशकमा बारम्बार श्रीलङ्काको प्रधानमन्त्री नेता हुन् । पटकपटक प्रधानमन्त्रीको पदमा पुगेको भए पनि उनले कहिल्यै पनि कार्यकाल पुरा भने गर्न पाएनन् । उनी गत मे महिनामा छैटौँ पटक प्रधानमन्त्री नियुक्त हुनुअघि उनी संसद्मा विपक्षका रुपमा रहेका थिए ।
महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले उनलाई सो जिम्मेवारी दिएका थिए । उनको नियुक्ति राष्ट्रपति गोटाबय राजपक्षले आफू सत्तामा टिक्ने अन्तिम प्रसासस्वरूप गरेका थिए । राजपक्ष अन्ततः देश छोड्न बाध्य भए । उनले देश छाडे पछि उनै विक्रमसिङ्घे देशको संकटलाई टार्नका लागि अगाडि बढेका छन् । उनी पेशाले वकिल समेत हुन् ।
उनी सन् १९७७ मा पहिलो पटक संसद्मा निर्वाचित भएका थिए । सन् १९८९ मा रणसिङ्घे प्रेमदास राष्ट्रपति निर्वाचित भएपछि दलभित्रको राजनीतिमा उनको उन्नति भयो । उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए । सन् १९९४ मा सन्दिग्ध तमिल विद्रोहीहरूले गामिनी दिशानायकको हत्या गरेपछि विक्रमसिङ्गे यूनाइटेड न्याश्नल पार्टी (यूएनपी) को नेता बने । बीबीसी

















