Dhulikhel Eco Banner new

सिटिजन्स सुपर ५० म्युचुअल फन्डमा आवेदन दिने म्याद मंसिर १६ गतेसम्म थपियो

572
shares

काठमाडौं, ७ मंसिर । सिटिजन्स क्यापिटल लिमिटेडले निष्कासन गरेको सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ मा आवेदन दिने समय थप गरेको छ । सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको उक्त योजनामा अब मंसिर १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

योजना मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको थियो । यसअघि मंसिर ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहे पनि अपेक्षाअनुसार आवेदन नपरेपछि समयावधि थप गरिएको कम्पनीले जनाएको छ ।

कुल १० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ योजना व्यवस्थापक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ भने सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिएको छ । यसको कुल मूल्य ८५ करोड रुपैयाँ रहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म २२ हजार ८८९ जना आवेदकले ५ करोड ४५ लाख ७५ हजार १८० इकाइका लागि आवेदन दिएका छन् । उक्त आवेदनको कुल मूल्य ५४ करोड ५७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

‘सिटिजन्स सुपर ५०’ बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।