महुली लघुवित्तले घोषणा गर्यो १० प्रतिशत लाभांश, बोनस सेयर ९.५ प्रतिशत
वि.सं.२०८३ मंसिर ७ सोमवार १०:१४
shares

काठमाडौं, ७ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ३ करोड ८७ लाख रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको १८५औँ बैठकले कायम चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर रहेको छ । यसको मूल्य ३ करोड ६८ लाख रुपैयाँ हुन्छ । त्यस्तै, ०.५० प्रतिशत नगद लाभांश अर्थात् १९ लाख ३७ हजार रुपैयाँ कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरिएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।
समाचार तयार गर्दासम्म कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार १८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

















