Dhulikhel Eco Banner new

स्वावलम्बन लघुवित्तको ५ प्रतिशत लाभांश प्रस्ताव, ४.७५ प्रतिशत बोनस सेयर

897
shares

काठमाडौं, ७ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले कायम चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ । यसको मूल्य ८ करोड ३१ लाख रुपैयाँ अर्थात् ९ लाख ३३ हजार ७५० कित्ता रहेको छ । त्यस्तै, ०.२५ प्रतिशत नगद लाभांश अर्थात् ४३ लाख ७५ हजार रुपैयाँ कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरिएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।

समाचार तयार गर्दासम्म कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७०० रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।