सिटिजन्स बैंकको लुम्बिनी केन्द्रित रणनीतिक कर्जा विस्तार तथा असुली कार्यक्रम सम्पन्न
वि.सं.२०८३ मंसिर ७ सोमवार १२:३०
shares

काठमाडौं, ७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूबीच ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालु : लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ कार्यक्रम आयोजना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताहरूबारे छलफल गरिएको थियो । साथै, केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन अन्तरक्रिया भएको बैंकले जनाएको छ ।
लुम्बिनी प्रदेशका ९ जिल्लामा सिटिजन्स बैंकका ५१ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
बैंकिङ सेवामा विस्तार गर्दै सिटिजन्स बैंक
विश्वकै प्रतिष्ठित ‘अवार्ड बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
बैंकले क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

















