Dhulikhel Eco Banner new

प्रि–ओपन सेसनमा नेप्से १.५७ अंकले बढ्यो, ५० स्टकको कारोबार

377
shares

काठमाडौं, ८ मंसिर । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.५७ अंकले बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार २.२६ अंक बढेर २ हजार ६२३.५६ विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि–ओपन सेसनमा १.५७ अंक बढेर २ हजार ६२५.१३ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.६१ अंकले बढेको छ ।

मंगलबार प्रि–ओपन सेसनमा ५० वटा स्टकको १३२ पटक कारोबार भएको छ । उक्त कारोबारमा १९ हजार ३८७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८५ लाख ७१ हजार ५२७ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबारमा आएका स्टकमध्ये १२ वटाको मूल्य बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी १४ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।