Dhulikhel Eco Banner new

तोलामा सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँ महँगियो

325
shares

काठमाडौं, ८ मंसिर ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला २ लाख ४७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको मूल्य २ लाख ४६ हजार ७०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार १४५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार हालसम्म सुनको उच्चतम मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको उच्चतम मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।