Dhulikhel Eco Banner new

आईसीआरए नेपालद्वारा स्टार माइक्रो इन्स्योरेन्सको बीबी– रेटिङ यथावत्, चिलिमे इन्जिनियरिङको घटुवा

351
shares

काठमाडौं, ८ मंसिर । आईसीआरए नेपाल लिमिटेडले स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ [ICRANP-IR] BB- यथावत् राखेको छ । उक्त रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

यो रेटिङ कुनै निश्चित ऋण उपकरणको नभई कम्पनीको समग्र ऋणयोग्यताको मूल्यांकन हो । आईसीआरएको रेटिङ स्केलमा प्लस (+) वा माइनस (–) चिह्नले एउटै श्रेणीभित्रको तुलनात्मक अवस्थालाई जनाउँछ । जसअनुसार BB+ रेटिङ, BB भन्दा एक तह माथि र BB- एक तह तल हुन्छ ।

यसैगरी, आईसीआरए नेपाल लिमिटेडले चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ घटाएको छ । कम्पनीको रेटिङ [ICRANP-IR] BBB बाट घटाएर [ICRANP-IR] BB+ “INC” कायम गरिएको छ ।

उक्त रेटिङ प्राप्त गर्ने संस्थामा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको मानिन्छ । यो रेटिङ पनि मूल्यांकन गरिएको संस्थाको सामान्य ऋणयोग्यतासम्बन्धी धारणा मात्र हो, कुनै विशेष ऋण उपकरणको रेटिङ होइन ।