Dhulikhel Eco Banner new

कुमारी बैंकलाई भिसाद्वारा दुई विधामा सम्मान

351
shares

काठमाडौं, ९ मंसिर । कुमारी बैंक लिमिटेड भिसाद्वारा आयोजित ‘VISA Leadership Conclave Nepal 2026’ मा दुई विधामा सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा आयोजित कार्यक्रममा कुमारी बैंकलाई सीमापार कारोबार (Cross-Border Business) तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय (Consumer Credit Cards Business Principal Client) क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनका लागि सम्मान गरिएको हो ।

बैंकले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको हो । लगातार तीन वर्षदेखि प्राप्त गर्दै आएको यस सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत बैंकले हासिल गरेको व्यावसायिक उत्कृष्टता प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान अवस्थामा कुमारी बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिने सेवा तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई आधुनिक, सहज तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । साथै, डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।