Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही

273
shares

काठमाडौं, १० मंसिर । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत ४४, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २०, अवस्था ठिक नभएको ४४ र अन्यमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।