Dhulikhel Eco Banner new

मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य

260
shares

काठमाडौं, १० मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध गराइने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंकले अस्पतालका कर्मचारीलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।

यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुने विश्वास बैंकले लिएको छ । साथै, बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीले सहज बैंकिङ सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।