Dhulikhel Eco Banner new

आज लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

572
shares

काठमाडौं, ११ मंसिर । लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले आफ्नो २६औँ वार्षिक साधारणसभा (एजीएम) आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ ।

बैंकको साधारणसभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५.२६ प्रतिशत लाभांश पारित गर्ने प्रमुख एजेन्डा रहेको छ ।

बैंकको सञ्चालक समितिको ३३१औँ बैठकले सन् २०२६ अक्टोबर २८ मा चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर अर्थात् १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता सेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा समेत समावेश गरिएको छ ।

बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि मंसिर १४ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । त्यसैले मंसिर १३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।