छिमेक लघुवित्तले शेयरधनीलाई २५ प्रतिशतभन्दा बढी लाभांश दिने, पुस ६ मा एजीएम
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १०:१२
shares

काठमाडौं, ११ मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २५औँ वार्षिक साधारणसभा बोलाएको छ ।
लघुवित्तले आगामी पुस ६ गते सोमबार मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि.को सभाहलमा साधारणसभा आयोजना गर्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।















