Dhulikhel Eco Banner new

भिसा इन्टरनेशनलका दुई अवार्ड ग्लोबल आइएमई बैंकलाई

598
shares

काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवा विकास तथा विस्तार गरेको योगदानको कदरस्वरूप बैंकलाई सम्मानित गरिएको हो ।

त्यस्तै, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै थप सेवाको विस्तारमा पुर्‍याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो । यसका साथै बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ लगायतका सम्मानसमेत प्राप्त गरिसकेको छ ।

हाल बैंकले देशका सबै ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन् ।

यसका अतिरिक्त बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ ।