माछापुच्छ्रे बैंकलाई लगातार तेस्रोपटक भिसा अवार्ड
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १३:४१
shares

काठमाडौं, ११ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ । यससँगै बैंकले भिसाबाट लगातार तेस्रो वर्ष यो सम्मान हासिल गरेको छ ।
यो अवार्ड बैंकले पीओएस एक्वायरिङ व्यवसायमा गरेको प्रदर्शन र योगदानको कदरस्वरूप प्रदान गरिएको हो । पीओएस एक्वायरिङ व्यवसायअन्तर्गत बैंकले व्यापारी तथा व्यवसायीलाई प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलमार्फत कार्ड भुक्तानी स्वीकार गर्न सक्ने सुविधा उपलब्ध गराउँछ ।
यसअघि बैंकले सन् २०२३ र २०२४ मा पनि ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’ अवार्ड प्राप्त गरेको थियो । पछिल्लो सम्मानले डिजिटल भुक्तानी सेवाको विस्तार तथा ग्राहकलाई सहज र सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउने बैंकको निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको छ ।
माछापुच्छ्रे बैंकले अन्य अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ । बैंकले सन् २०२६ मा आयोजित इन्फोसिस फिनाकल इनोभेसन अवार्डमा प्लाटिनम अवार्ड प्राप्त गरेको थियो ।
त्यस्तै, इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ अवार्डसमेत प्राप्त गरेको थियो ।

















