युवा निर्यात रोक्नु पर्छ : उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य ढुंगेल
वि.सं.२०७९ असार ३२ शनिवार २२:२२
shares

काठमाडौं, ३२ असार । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोविन्द ढुंगेलले देशको विकासका लागि युवा निर्यात रोक्नु पर्ने बताएका छन् । नेपाल कुचो संघले आयोजना गरेको सदस्यता वितरण कार्यक्रममा बोल्दै ढुंगेलले युवा निर्यातभन्दा पनि वस्तु निर्यात तर्फ ध्यान दिनु पर्ने धारणा व्यक्त गरेका हुन् ।
‘युवा विदेश जाँदा खुसी हुनु आफैमा दुःखत कुरा भएको भन्दै यसमा खुसी हुनु पर्ने अवस्थाको अन्य गर्नु पर्छ,’ उनले भने । विदेश जाने युवालाई स्वदेशका बाँजा जमिन उपलब्ध गराएर कृषिमा लाग्नका लागि प्रात्साहन गर्नु पर्ने उनले बताए ।
अहिले कोरोना पछि विदेश जाने युवाको संख्या बढेको समाचार सुनिएको भन्दै यसले राज्यको विकास नहुने भन्दै यसका लागि स्वदेशमा उत्पादन हुने वस्तुको निर्यात गर्न तर्फ सरकारले ध्यान दिनु पर्ने उनले बताए । नुन, तेल जस्तै कुचो पनि अतिनै आवश्यक रहेको भन्दै कुचो बिना घरको सोभा नुहने उनको भनाइ छ ।


















