Dhulikhel Eco Banner new

शतप्रतिशत लाभांश पाउने सम्भावना रहेको ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ मा लगानी गर्ने आज अन्तिम अवसर

5.15K
shares

काठमाडौं, ४ साउन । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को आज साउन ४ गते, बुधबार बैकिङ समय पश्चात् निष्कासन तथा बिक्री खुल्ला बन्द हुने भएको छ ।

कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लि. र अघिल्लो आर्थिक वर्ष शत प्रतिशत आकर्षक प्रतिफल दिन सफल ‘ग्लोबल आइएमई समुन्नत योजना– १’ सञ्चालन गरिरहेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले सञ्चालन गर्न लागेको अर्को १० वर्र्षे बन्दमुखी योजना ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ को प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

१० वर्र्षे यस ‘बन्दमुखी योजना’ मा लगानीकर्ताले न्यूनतम् १०० इकाई र अधिकतम् १ करोड २० लाख इकाई सम्म खरिद गर्न सक्ने छन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली मार्फत वा सिडिएस एन्ड क्लियरिङ लि.द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।