Dhulikhel Eco Banner new

जनार्दन शर्माको बयान- म माथि लगाइएका आरोप गलत हुन्

5.42K
shares

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी गरेका छन् । संसदीय छानविन विशेष समितिलाई दिएको बयानमा शर्मायले अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा बिहीबार निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । उनले स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताएका छन् ।