विराटनगरमा ३ अर्ब लगानीमा र्याडिसन होटल खुल्दै
वि.सं.२०७९ साउन १० मंगलवार ०६:५५
shares

काठमाडौं, १० साउन । विराटनगरमा ३ अब लगानीमा र्याडिसन होटल खुल्ने भएको छ । र्याडिसन विराटनगर र सेन्चुरियन मार्ट एन्ड होटलको सयुक्त लगानीमा अन्तरराष्ट्रिय ब्राण्डको चेन होटल खुल्न लागेको हो ।
होटलमा १४६ ओटा कोठा, १० हजार वर्गमिटर क्षेत्रफल रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलमा नेपालकै ठूलो ब्याङ्कवेट समेत सञ्चालन हुने बताईएको छ ।
त्यस्तै, होटलमा फिल्म हल, स्विमिङ पुल, क्यासिनो, जिम सेन्टर, शपिङ सेन्टर, केएफसी, पिज्जा हट लगायतका रहने कम्पनीले बताएको छ । होटल सन् २०२३ जनवरीसम्ममा सञ्चालनमा आउनेछ ।
लगानीमध्ये ४० प्रतिशत स्वपूँजी र ६० प्रतिशत बैंक कर्जा रहेको छ ।


















