ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशको चासो
वि.सं.२०७९ साउन ११ बुधवार १८:०६
shares

काठमाडौं, ११ साउन । बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । नेपालको भ्रमणमा रहेका बंगलादेशका जलस्रोत सचिव कविर बीन अन्वरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको भेटमा सचिवले यस्तो चासो व्यक्त गरेका हुन् ।
ऊर्जा मन्त्रालयमा बुधबार सचिव अन्वर र ऊर्जा मन्त्री भुसाल बीच आज भेटघाट भएको थियो । सो भेटमा दुई देशबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा बङ्गलादेशका जलस्रोत सचिव कविरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले भारतीय प्रसारण संयन्त्रको प्रयोग गरेर मात्रै बिजुली लैजानुपर्ने भएकाले त्यसका लागि पनि पहल भइरहेको बताए ।
बिहीबार र शुक्रबार आयोजना हुने नेपाल र बङ्गलादेश सचिवस्तरीय जलस्रोत समितिको बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र ऊर्जा जलस्रोेत क्षेत्रको सहकार्यमा विभिन्न आयामका बारेमा छलफल हुने कार्यक्रम छ ।

















