Dhulikhel Eco Banner new

विदेश जाने कामदारले अनिवार्य बैंक खाता खोल्नुपर्ने

6.34K
shares

काठमाडौं, १२ साउन । काम गर्न विदेश जाने व्यक्तिले अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

उक्त व्यवस्था मौद्रिक नीतिमा समावेस गरेको थियो । रेमिट्यान्स बैधानिक माध्यमबाट भित्राउन सरकारले यस्तो नियम लगाउन लागेको हो ।

कामको शिलशिलामा विदेश जानेको संख्या बढेको तर रेमिट्यान्स नबढेकाले रेमिट्यान्स बढाउन उक्त नियम ल्याएको हो । हुन्डी लगाएतका इलिगल माध्यमबाट पैसा आउन थालेकाले अनिवार्य खाता खोल्नुपर्ने नियम ल्याएको राष्ट्र बैंकले जानाएको छ ।